Logo

वामदेवको एकता अभियान घोषणा



काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकता पक्षधरका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा सुरु भएको छ । राजधानीमा सुरु अभियानलाई अहिले गौतमले सम्बोधन गरिरहेका छन् । केपी शर्मा ओली र पुष्पकमल दाहालको कारण नेकपा चिराचिरा भएको उनको दाबी छ । गएको निर्वाचनमा आफूहरुको पक्षमा ठूलो जनलहर आएको सुनाउँदै त्यतिवेला दुई पार्टी मिलेर प्राप्त गरेको मत ४३ लाख रहेको अंक सुनाए । उनले भने,‘हामी पराजित हुनेभन्दा अर्को विकल्प नै छैन् । तीन वर्ष पहिले हामीले प्राप्त गरेको मत विभाजित हुने पक्का छ ।



प्रतिक्रिया दिनुहोस्