काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजक तथा नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू भित्री रुपमा संसद पूनःस्थापना नै भईदिए हुन्थ्यो भन्ने पक्षमा रहेको टिप्पणी गरेका छन् । आज एकता अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद पूनःस्थापना के हुन्छ ? भन्ने प्रश्नमा यस्तो धारणा राखेका हुन् ।
उनले भने,‘अहिले एकथरि साथीहरु चुनावको तयारीमा लाग्नुभएको छ, अर्कोथरि साथीहरु संसद पूनःस्थापनाको पक्षमा छन् । एकथरी साथीहरु चुनाव गराउन लागेका छन् । यदि चुनाव भयो भने हामीले नेकपाकै उम्मेद्धवारलाई भोट हाल्नुपर्छ । संसद पूनःस्थापना भयो भने हामीसँग अझै दुई वर्ष समय रहन्छ । यो अवधिमा पार्टी एकता सम्भव छ । जबजले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ भन्छ । हामी निर्णय स्विकार गर्छौं । मेरो भित्री चाहना भनेको संसद पूनःस्थापना भईदिओस भन्ने नै हो ।” PHOTO BY: Mukunda Kalikote/ReportersNepal




प्रतिक्रिया