Logo

वामदेवको एकता अभियानमा के के देखियो (तस्बिरसहित)



काठमाडौं, १४ माघ । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले आजबाट औपचारिक रुपमा एकता राष्ट्रिय अभियान शुरु गरेका छन् । अभियान धोबिघाटस्थित सिद्धार्थ पार्टी प्यालेसमा आयोजना गरिएको थियो ।

एकता अभियानको घोषणाको मञ्चमा गौतमसहित पूर्वमन्त्री हरि पराजुली, निवर्तमान सांसद माया ज्ञवाली र तुलसा थापा, पूर्व सांसद डीबी कार्कीलगायत देखिएका थिए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. हीराबहादुर महर्जन पनि देखिएका थिए । वागमती प्रदेशका सांसद विनोद खड्का, किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनलगायत सहभागी थिए ।

मञ्चमा ब्यानर एकतासँग सम्बन्धित थियो । दायाँतर्फ नेकपाको झण्डा र बायाँतर्फ सुर्य भित्र हसियाँ हथौडा अंकित चिन्ह थियो । मञ्चमा बसेकाहरुको अगाडिको टेबुलमा सुर्य चिन्ह टाँसिएको तस्बिर राखिएको थियो ।

ड्यासमा पनि कम्युनिस्ट पार्टीको झण्डा राखिएका थिए । मञ्चमा कार्ल माक्र्स र भ्लादिमिर लेनिको छुट्टै तस्बिर दायाँबायाँ राखिएका थिए । बीचमा मनमोहन अधिकारी, मदन भण्डारी र जीवराज आश्रितको तस्बिर राखिएको थियो । बायाँतर्फ वामदेवको तस्बिर पनि राखिएको थियो ।

मञ्चमा मनाङ ख का प्रदेशसभा सांसद दिपक मनाङे देखिएनन् । उनी एकता अभियानमा निकै सक्रिय छन् । आजको कार्यक्रममा अनुपस्थित रहे ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्