Logo

कोरोनाबाट थप ३ जनाको मृत्यु, कुल मृतकको सख्या २०२० पुग्यो



काठमाडौं, १४ माघ । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २ सय ८५ थपिएका छन् । आज २४६ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ७० हजार ३ सय ७५ संक्रमित भएपनि २ लाख ६५ हजार ६९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३ हजार २ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । आजसम्म २० लाख ५७ हजार ६९ जनाको पिसीआर परिक्षण भएको छ क्वारेन्टिनमा बस्नेको सख्या १२२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्