Logo

रामेछापका ५३ जना नेकपाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश



काठमाडौँ, १४ माघ । रामेछापको सुनापति–५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

विगत लामो समयदेखि नेकपामा आवद्ध जिल्ला कार्य समिती सदस्य लगायत ५३ जना नेपाली कांग्रेस प्रवेश गरेका कांग्रेस रामेछापका नेता भरत चौलागाईले जानकारी दिए ।

बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँ धुम्बराहीमा आयोजित कार्यक्रममा उनीहरुलाई कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुले कांग्रेसको बिधि र बिधानमा रही पार्टी र देशको हितका लागि सक्रिय रहने अठोट गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खडका, उप–सभापति जितेन्द्र मोक्तान, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, अर्जुन केसी, विनिता खडका, प्रदेश सभा (ख)का उम्मेद्वार जित बहादुर थापामगर, नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुन नरसिंह केसीले संसद विघटन गलत भएको बताए ।

उनले भने, “चुनाव एउटा पक्ष हो र अर्कोे जुन संविधानमा व्यवस्था त्यो संविधानमा काहीपनि कुनैपनि ढंगले प्रधानमन्त्रीले संसद विघटन गर्न अधिकार छैन् । त्यसो भन्दा अरु पनि प्रधानमन्त्रीले संसद विघटन गरे भन्नु होला, तिम्रो प्रधानमन्त्रीले पनि त संसद विघटन गरे गिरिजाप्रसादले पनि गरे, शेरबहादूरले पनि गरे, मनमोहनले पनि गरे, सूर्य बहादुर थापाले पनि गरे, पहिला बाबुरामले पनि गरे । २०४७ सालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिइएको थियो । तर, २०७२ को संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन् ।”

२००३ सालमा पहिलो चोटी गठित नेपाली कांग्रेस, प्रजातान्त्रिक कांग्रेस राष्ट्रिय कांग्रेस बीचको एकता पछि ७ सालपछि लामो लामो संघर्ष गरेर, जीत, हार, द्धन्द्ध गर्दै आएको पार्टी भएको केसीको भनाई छ ।

कांग्रेसले हरेक हारलाई जीतमा परिणत गरेको उल्ल्ेख गर्दै भने– “हामीले २०५१ सालमा हार्यो, २०६४ मा हार्यो, २०७४ सालमा हायौँ । हरेक हारपछि कांग्रेस पहिलो पार्टी भएर आएको छ । अब पहिलो पार्टी नेपाली कांग्रेस नै हो सबैजना ढुक्क भएर बसेहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्