Logo

रामेछापका नेकपा कार्यकर्तालाई कांग्रेस प्रवेश गराउँदै अर्जुननरसिंह केसीले भनेः अकों जंगबहादुरको जन्म हुनसक्छ



काठमाडौँ, १४ माघ । रामेछापको सुनापति–५ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ५३ जना नेता, कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । विगत लामो समयदेखि नेकपामा आवद्ध जिल्ला कार्य समिती सदस्य लगायत ५३ जना नेपाली कांग्रेस प्रवेश गरेका कांग्रेस रामेछापका नेता भरत चौलागाईले जानकारी दिए ।

बुधबार नेपाली कांग्रेस रामेछापद्वारा काठमाडौैँ धुम्बराहीमा आयोजीत कार्यक्रममा उनीहरुलाई कांग्रेस नेता तथा पूर्वमन्त्री अर्जुन नरसिंह केसीले पार्टीमा स्वागत गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुले कांग्रेसको बिधि र बिधानमा रही पार्टी र देशको हितका लागि सक्रिय रहने अठोट गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पूर्व पार्टी सभापति रामचन्द्र खडका, उप–सभापति जितेन्द्र मोक्तान, महाधिवेशन प्रतिनिधिहरु भरत चौलागाई, अर्जुन केसी, विनिता खडका, प्रदेश सभा (ख)का उम्मेद्वार जित बहादुर थापामगर, नेपाली कांग्रेस रामेछाप–काठमाडौँ सम्पर्क समितिका सभापति राज नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुन नरसिंहले २३८ वर्षका राजाहरुसंग हुकुम प्रमाणीले होइन विधान अन्तरगत तिमी पनि बस्नु पर्छ र वैधानिक राजतन्त्रलाई हामीले पनि मान्छौँ भन्दा राजा विधान भित्र नबस्दा हामीपनि राजतन्त्र विरोधमा उत्रीएको बताएका थिए ।

‘चुनाव एउटा पक्ष हो र अर्कोे जुन संविधानमा व्यवस्था त्यो संविधानमा काहीपनि कुनैपनि ढंगले प्रधानमन्त्रीले संसद विघटन गर्न अधिकार छैन्,’ उनले भने,’त्यो अधिकार विहीन प्रक्रिया गरेर संसद विघटन गर्दै संविधानमाथि नाङगो आक्रमण भएपछि यो प्रक्रिया नै गलत भइसकेपछि, संविधान र कानुन नै तोडीसकेपछि भोली निर्वाचन हुँदा जन्मिने अर्को जंग बहादूर जन्मदैन भने कस्ले भन्न सक्छ । आर्को हिटलर जन्मिदैन भने कस्ले प्रत्याभुति ग्यारेन्टि लिन्छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्