Logo

प्रधानमन्त्री ओलीको प्रश्नः पशुपतिनाथ गएर के बिग्रियो ?



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गरेको मन्दिर जाने बताएका छन् । उनले परम्परागत सभ्यताको अभ्यास गर्ने समेत बताएका छन् ।

‘पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन,’ प्रधानमन्त्री ओलीले आदिवासी जनजाति राष्ट्रिय महासंघको भेलालाई सम्बोधन गर्दै भने, ‘म शिव, कृष्ण, देवदेवी र नेपाली जनताले विश्वास गरेको मन्दिरमा जान्छु ।’

सोमबार पशुपतिनाथको संकल्प पूजा गर्न प्रधानमन्त्री ओली पुगेपछि धेरैको चासो बढेको थियो । नास्तिक भनिएका प्रधानमन्त्री ओली मन्दिरमा पूजाका लागि पुगेपछि क्रिया प्रतिक्रिया आएको थियो ।

आफू पशुपतिनाथको मन्दिर जाँदा कतिपय मानिस रिसाएको भन्दै आफ्नो संस्कृति मान्दा अन्यथा मान्नुपर्ने कारण नभएको बताए । उनले प्रश्न गरे, ‘पशुपतिको मन्दिर गएर के बिग्रियो ?’

ओलीले देश सबै जातजाति, भाषाभाषीको देश भएको बताए । उनले आफू स्वदेशी संस्कृतिको जर्गेनाको पक्षमा रहेको पनि बताए ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको कार्यालय



प्रतिक्रिया दिनुहोस्