Logo

वामदेवको अभियानबारे डा. राजन भट्टराईको टिप्पणी : एकता हुने सम्भावना छैन् (भिडिओसहित)



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले आजको दिनमा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहकार्यको सम्भावना कमजोर रहेको टिप्पणी गरेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने पनि उनको भनाई छ । निर्वाचन आयोगले निर्वाचनको तयारी थालिसकेको उनले जनाए ।

गृहमन्त्री रामबहादुर थापाले अदालतको फैसला आउन ढिलाई भए निर्वाचन पर सर्नसक्ने कुरा गरेको हुनसक्ने बताउँदै उनले प्रधानमन्त्री ओलीले आजमात्रै तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताईसकेको भट्टराईको भनाई छ । नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने नेपालको शक्ति नै भएकोले बाहृय शक्तिको कुरा नगर्न पनि उनले आग्रह गरे । उनले नेपालको राजनीतिमा खासगरि आन्तरिक मामिलामा भारत र चीन वा कसैको पनि प्रभाव नरहेको भन्दै आफूहरु निर्णायक भएको दाबी गरे । वामदेव गौतमले थालेको एकता अभियानबारे टिप्पणी गर्दै आजको दिनमा एकता हुने सम्भावना नभएको उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्