Logo

सूर्य चिन्ह मैले छानेको हुँ : प्रधानमन्त्री ओली (भिडिओसहित)



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चिन्ह आफूले २०४७ सालमा दर्ता गरेको स्पष्ट पारेका छन् । आज आदिवासी जनजाति महासंघ, नेपालको राष्टिय भेला २०७७ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

https://youtu.be/M64t2noWOCI

उनले भने,”सूर्य चिन्ह मैले छानेको हुँ । अहिले सूर्य चिन्ह मेरो होईन अरे, प्रचण्डजीको हो अरे । मैले के भनेको छु ए साथीहरु, फुट्ने नै हो भने अस्वस्थ, बेठिक र नराम्रा गतिविधिहरु किन गर्ने ? फुट्ने नै हो भने छोडेर जाउ न । हामी त भाडाको घरमा बसेका छौं, तपाईको त पेरिसडाँडामा पार्टी कार्यालय छ, म त्यो हेर्न पनि जान्नँ । खोज्दा पनि खोज्दिन् । अनि हाम्रातिर आँखा लगाएको नि ? पेरिसडाँडातिर जानु । राम्रा राम्रा सबै हाम्रा, नराम्रा र बिग्रिएकाजति सबै तपाईँको ।”

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्