काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पूजा गरेको र पुष्पकमल दाहाल प्रचण्डले भैंसी पूजा गरेको दुई वटा तस्विर आज सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन् । उनले भैसीं पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक नमानिने उल्लेख गरेका छन् ।

उनले यस्तो लेखेका छन् :
पहिलाे तस्बिर -प्रधानमन्त्री एवं पशुपति विकास काेषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरकाे भ्रमण, निर्माणकार्यकाे निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयाे । सुनकाे जलारी निर्माणकाे मन्दिरकाे याेजनामा जम्मा रहेकाे ६५ कराेड बजेटमा सरकारका तर्फबाट ३० कराेड उपलब्ध गराउने प्रतिबद्धताकाे घाेषणा गर्नुभयाे ।




प्रतिक्रिया