Logo

संसद पूनःस्थापनाको विकल्प छैन् : देव गुरूङ



काठमाडौं, १५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता देवप्रसाद गुरूङले संवैधानिक मूल्य र मान्यतामा टेक्ने हो भने संसद पूनःस्थापनाको विकल्प नभएको जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई बदर गर्नुको विकल्प नभएको उनको भनाई छ । उनले प्रधानमन्त्री ओलीले निर्वाचन गराउनको लागि संसद विघटन नगरेको पनि दाबी गरे । उनले प्रधानमन्त्री ओलीले पूरानै निरंकुशतातर्फ देशलाई लैजान खोजेको गम्भीर आरोप लगाए । लिखित संविधानले सबै कुराको डिफाईन गरेकोले अहिले ओलीले घोषणा गरेको कुरा निर्वाचन गराउनको लागि नगरिएको उनले जिकिर गरे । संविधानअनुसार ताजा जनादेशअनुसार जान किन डराएको ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘मनपरी ढंगले ताजा जनादेश हुन सक्छ ?’ निर्वाचनको पनि मिति तोकिदिएको सुनाउँदै त्यहीअनुसार चल्नुपर्ने उनले जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot