Logo

ओलीजीको कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिन्छ : केसी



काठमाडौं, १५ माघ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाई जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदम गैरसंवैधानिक भएको ठहर गरेका छन् । अदालतले ओलीको कदमलाई खारेज गरिदिने उनले जनाए ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद पूनःस्थापना हुनेमा आफूहरु विश्वस्त रहेको पनि स्पष्ट पारे । अदालत पनि संविधानको परिधिभित्र रहेर व्याख्या र निर्णय गर्नुपर्ने उनको भनाई छ ।

भोलि संसद पूनःस्थापना भएपनि ओली नै प्रधानमन्त्री हुने उनले जनाए । उनले भने,‘तपाईँ ढुक्क हुनुहोस, सर्वोच्च अदालतले संसद विघटन गर्छ भन्ने कल्पनै नगर्नुहोस् । जजहरु कानून, बुझेको हुनुहुन्छ । उहाँहरुले ओलीजीले गरेको कदम कसरी सही हो ? भनेर भन्न सक्नुहुन्छ ?’

केसीले सरकारले नागरिकको बोल्ने अधिकार कुण्ठित बनाएको आरोप लगाउँदै भने,“शान्तीपूर्ण विरोध गरेका नागरिक अगुवामाथी सरकारले आक्रमण गर्नु, पूर्व प्रधानन्यायाधिसलाई बोल्न नदिनु सरासर गलत हो, लोकतन्त्रमा पनि नागरिकले बोल्न नपाउने भन्ने हुन्छ ?”



प्रतिक्रिया दिनुहोस्