Logo

चिसापानी एड्भेन्चर रिसोर्टद्धारा चैत्र १० गतेदेखि चैत्र १६ गतेसम्म सूदुरपश्चिम अन्तरपालिकास्तरीय बीच भलिबल तथा सांस्कृतिक महोत्सवको आयोजना



काठमाडौं, १५ माघ । चिसापानी एडभेन्चर रिसोर्ट मोहन्याल ०७, चिसापानी, कैलालीले आगामी चैत्र १० गतेदेखि चैत्र १६ गतेसम्म सूदुरपश्चिम अन्तरपालिकास्तरीय बीच भलिबल तथा साँस्कृतिक महोत्वस खेलकुद पर्यटन तथा सांस्कृतिक प्रर्वद्धन तथा सम्र्वद्धन कार्यक्रम गर्ने भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा चिसापानी एड्भेन्टर रिसोर्टका प्रवन्ध निर्देशक तपेन्द्र रावलले पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएका हुन् ।

उनकाअनुसार चिसापानी एडभेन्चर रिसोर्ट नेपालको एकमात्र रिसोर्ट स्कुल हो । उनको नाममा जारी विज्ञप्तीमा भनिएको छ,‘यो रिसोर्टले हाल सिटिईभिटीको होटल म्यानेजमेन्टका छोटो अवधिका कार्यक्रम संचालन गरिरहेको छ । यस रिसोर्टले वेरोजगार युवालाई सीप सिकाएर रोजगारी प्रदान गर्ने गर्दछ । यसको मुल उद्धेश्य भनेको “सीप हातमा, रोजगारी साथमा” । यो रिर्सोट Adventure Theme मा आधारित छ । नेपालका Geographical diversity र Natural Resource लाई केन्द्रबिन्दु राख्दै Sustainable Tourism को सम्बद्र्धन र प्रबद्र्धन गर्ने यस रिर्सोटले लक्ष्य लिएको छ ।’

रावलले उक्त कार्यक्रमको मुख्य उद्धेश्य भनेको कोरोना भाइरसले तहसनहस बनाएको पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा साँस्कृतिक महोत्सवबाट पुनः जिवित गर्नु रहेको पनि स्पष्ट पारे । उनले अघि भनेका छन्–‘यस कार्यक्रले पर्यटन क्षेत्रको पहिचान प्रचारप्रसार तथा प्रवद्र्धन गर्न सहयोग गर्ने छ । यस कार्यक्रमले चिसापानी क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने छ र फलस्वरुप यस क्षेत्रका आम नागरिकको आर्थिक समृद्धिमा उल्लेखनिय उपलब्धि हुनेछ ।’

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै रावलले भने–‘चिसापानी एडभेन्चर रिसोर्ट नेपाल एक मात्र हो । यो दुइटा टिममा आधारित भएर संचालनमा आएको छ । एउटा हो सीप हातमा , रोजगारी साथमा ।’ अर्को चाँही एडभेन्चर बीमा आधारित भएर संचालित भएको थियो ।

अहिले हालसालै जिप लाइन संचालन आएको छ । यसले पाहुनाहरुलाई दिमाग र शरीरलाई रिफ्रेशमेन्ट गराइदिन्छ । अर्को वर्ष स्काई साइक्लिङ संचालन गर्ने लक्ष्य लिएको छ ।’ उनले आफ्नो योजनालाई सहयोग गरिदिने वन तथा वातावरणमन्त्री प्रेम आलेलाई विशेष धन्यवाद समे तदिए ।
उनले प्रतियोगिता तथा महोत्सवको मुख्य उद्देश्य कोरोना भाइरसले तहसनहस भएको पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा सास्कृतिक महोत्सवबाट पुनः जिवित गर्नु नै रहेको सुनाए । उनकाअनुसार पुरस्कारको व्यवस्था प्रथम हुनेलाई १ लाख नगद, ट्रफी र प्रमाणपत्र र द्धितिय हुनेलाई ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, र तृतिय हुनेलाई २५ हजार नगद ट्रफी र प्रमाणपत्र दिईने छ । र, प्रतियोगिता अवधिभर सबै खेलाडीहरुलाई खाना तथा बसोबास सबै खर्चको व्यवस्था गरिने पनि उनले जनाए ।

हेरौं उक्त रिसोर्टले जारी गरेको विज्ञप्ती :

चिसापानी ऐडभेन्चर रिर्सोट
मोहन्याल ०७,चिसापानी, कैलाली
स्थापना ः २०७६
सूदुरपश्चिम अन्तर पालिका स्तरिय बिच भलिबल तथा सास्कृतिक महोत्सब खेलकुद पर्यटन तथा सास्कृतिक प्रर्वद्धन तथा सम्बद्र्धन
कार्यक्रम
२०७७
चैत्र १० गते देखि चैत्र १६ सम्म

आदरिणय पत्रकार बन्धुहरु तथा मित्रहरु
हार्दिक नमस्कार

चिसापानी एडभेन्चर रिर्सोट नेपालको एकमात्र रिर्सोट स्कुल हो, जसले हाल सिटिईभिटीको होटल म्यानेजमेन्टका छोटो अवधिका कार्यक्रम संचालन गरिरहेको छ । यस रिर्सोटले वेरोजगार युवालाई सिप सिकाएर रोजगारी प्रदान गर्ने गर्दछ । यसको मुल उद्धेश्य
भनेको “सीप हातमा, रोजगारी साथमा ”। यो रिर्सोट ब्मखभलतगचभ त्जझभ मा आधारित छ । नेपालका न्भयनचबउजष्अब िमष्खभचकष्तथ र ल्बतगचब िच्भकयगअभ लाई केन्द्रबिन्दु राख्दै क्गकतबष्लबदभि त्यगचष्कm को सम्बद्र्धन र प्रबद्र्धन गर्ने यस रिर्सोटले लक्ष्य लिएको छ ।

सूदुरपश्चिम प्रदेशमा रहेका ८८ ओटा स्थानिय तहबाट कम्तिमा एक ओटा बिच भलिबल टिमको सहभागितालाई सुनिश्चिता गरि ओल्मपिकको बिच भलिबलको नियम र गाइडलाइन अनुुसार खेलाइने छ । खेल चैत्र १० देखि चैत्र १६ गते सम्म खेलाइने छ । चैत्र १० गते र चैत्र १६ गते विषेश सांस्कृतिक महोत्सव पनि सञ्चालन हुनेछ । जसमा राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति हुनेछ । यस कार्यक्रमको मुख्य उद्धेश्य भनेको कोरोना भाइरसले तहसनहस भएका पर्यटन क्षेत्रलाई खेल पर्यटन तथा साँस्कृतिक महोत्सवबाट पुनः जिवित गर्नु हो ।

यस कार्यक्रले पर्यटन क्षेत्रको पहिचान प्रचारप्रसार तथा प्रवद्र्धन गर्न सहयोग गर्ने छ । यस कार्यक्रमले चिसापानी क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने छ र फलस्वरुप यस क्षेत्रका आम नागरिकको आर्थिक समृद्धिमा उल्लेखनिय उपलब्धि हुनेछ

अन्तमा, माथि उल्लेखित कुनैपनि सहयोग गर्नुहुने महानभाव, व्यापारी तथा संघ संस्थाको आवश्यक सूचना प्राप्त भएको खण्डमा कार्यक्रममार्फत त्यस्ता व्यापारी संघ÷संस्थाको द्यगकष्लभकक म्भचmयत मा कार्यक्रम विज्ञापन सहजै सूचना प्रकाशित गरिनेछ । यस चिसापानी एडभेन्चर रिर्सोटद्धारा आयोजना गरिएको सूदुर पश्चिम स्तरिय अन्तर पालिका बिच भलिबल तथा सास्कृतिक महोत्सवमा सहयोग गरिदिन हुन सबै महानुभावहरुलाई हार्दिक अपिल गर्दछौ ।

नोटः सहयोगी सम्पुर्ण हातहरुलाई यस रिर्सोटले स–सम्मानका साथ कदरपत्र तथा सम्मानपत्र समेत उपलब्ध गराउने छ ।

प्रबन्ध निर्देशक
तपेन्द्र रावल
चिसापानी एडभेन्चर रिर्सोट

[email protected]

9848427454



प्रतिक्रिया दिनुहोस्