Logo

प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल-नेपाल पक्षको आजपनि माइतीघरमा धर्ना कार्यक्रम (फोटोफिचर)



काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल आन्दोलित छ । उसले विभिन्न कार्यक्रमहरु चरणबद्ध रुपमा गरिरहेको छ । उक्त समूहले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा आज दोस्रो दिन पनि धर्ना कार्यक्रमको आयोजना गरेको छ । उक्त धर्ना कार्यक्रममा नेतृ पम्फा भुषाल अग्रपँक्तिमा देखिएकी छन् । धर्नामा बसेकाहरुले ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’,‘संसद विघटन गर्न पाइँदैन निरंकुशतन्त्र चाहिँदैन’ लगायतका प्लेकार्ड बोकेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्