Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



झापा, १५ माघ । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको हो । २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे बुधबार बिहान पक्राउ परेका हुन् ।

घिमिरेले ती महिलालाई गत आइतबार दिउँसो जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी तिरीङखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्