Logo

२ महिना ४ दिन कैद भुक्तान गर्न बाकी फरार प्रतिवादी पक्राउ



मकवानपुर, १५ माघ । बुधबार फरार प्रतिवादीहरु पक्राउ परेका छन् । मकवानपुरको अदालतले २०७६ भदौ २२ गतेको फैसलाले यौन दुर्व्यवहार मुद्दामा २ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी भिमफेदी गाउँपालिका–४ बस्ने ३२ वर्षीय नविन स्याङतानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

स्याङतानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी जिल्ला अदालत मकवानपुरको २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्यामा २ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रही फरार रहेका प्रतिवादी मनहरी गाउँपालिका–४ बस्ने ४० वर्षीय लालचन्द्र प्रजालाईलाई बुधबार प्रहरीले पक्राउ गरेको बताएको छ । प्रजालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्