Logo

खैरो हेरोइनसहित पक्राउ



काठमाडौं, १५ माघ । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ रमणबस्ती बाट २५.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने धादिङका मनिस भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै घटनाको अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १९.२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको जनाएको छ । दुर्गा सिंमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्