Logo

हत्यामा संलग्न १८ वर्षीय युवक पक्राउ



काठमाडौं, १५ माघ । हत्यामा संलग्न फरार अभियुक्त १८ वर्षीय युवक पक्राउ परेका छन् । राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक नेपालगंजका २७ वर्षीय प्रविण थापा मगरको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त बाँके नेपालगंज फुल्टेक्रा बिवेक परियारलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय बाँके नेपालगंजमा कार्यरत प्रविण गत माघ २ गते नेपालगंज उपमहानगरपालिका-१८ स्थित खेतबारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न परियारलाई भक्तपुर, चाँगुनारायण नगरपालिका–९ ताथलीमा लुकिछिपी रहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा पठाउने तयारी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्