Logo

लक्ष्मणसिंह खड्काको आरोप : ज्ञानेन्द्र शाहले २०६२ सालदेखि २०७७ सालसम्म ३२ खर्ब भ्रष्टाचार गरेका छन् (भिडिओसहित)



काठमाडौं, १५ माघ । नेपालका खलाँसी भनेर चिनिएका लक्ष्मणसिंह खड्काले सबैले देशलाई माया गर्नुपर्ने बताउँदै पूर्खाहरुले जोगाएको देशको प्रतिष्ठान जोगाउन आग्रह गरेका छन् । नेपाल पशुपतिनाथको भूमि भएको भन्दै उनले आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्नुपर्नेमा उनले जोड दिएका छन् । खड्काले २०६२ सालदेखि २०७७ सालसम्म ३२ खर्ब भ्रष्टाचार गरेको गम्भीर आरोप लगाएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले भने–‘यो देशमा अस्ति ०६२ सालदेखि २०७७ सालसम्म ज्ञानेन्द्र शाहले मात्रै ३२ खर्ब रुपैयाँ करप्सन गर्याछ । कसरी भन्नुहोला भने ७० प्रतिशत ज्ञानेन्द्रलाई, २५ प्रतिशत खड्ग ओली, प्रचण्डलाई, शेरबहादुरलाई, विद्या भण्डारीलाई र अर्को ५ प्रतिशत सबै पार्टीका कार्यकर्ताहरुलाई, त्यसरी भाग लगाएर ज्ञानेन्द्र शाहले सत्ता छाडेका हुन् । त्यसकारण म टुलुटुलु हेरे बस्दिन् भनेको कारण त्यही रहेछ ।’ ‘अमर शहीदहरुको रगत खेर जानेछैन्’, ‘सहिदको रगतमा होली खेल्नेहरुको अब धेरै दिन छैन्’ भन्ने लेखिएको कुर्ता लगाएका थिए ।

Here is the video:



प्रतिक्रिया दिनुहोस्