Logo

स्टयाण्डर्ड चार्टर्ड बैंकको मुनाफा घट्यो



कठमाडौं, १५ माघ । स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अवधिमा ७२ करोड ७६ लाख ३९ हजार मात्र नाफा गरेको हो ।

गत वर्ष बैंकले गरेको नाफाको तुलनामा ४०.६९ प्रतिशतले कम हो । गत वर्ष १ अर्ब २२ करोड ६९ लाख १३ हजार खुद नाफा गरेको थियो । बैंकले अघिल्लो वर्ष १ अर्ब ७६ करोड ३ लाख ५३ हजार संचानल नाफा गरेको थियो भने यसपटक १ अर्ब ४ करोड ४० लाख ६५ हजार मात्र नाफा आर्जन गरेको हो । संचालन नाफा कम भएपनि वितरण योग्य नाफा भने ६१ करोड ६४ लाख ३३ हजार रहेको विवरणमा उल्लेख छ ।

हाल बैंकको चुक्तापुँजी ८ अर्ब ५७ करोड २२ लाख ३१ हजार रहेको बैंकले जनाएको छ । त्यस्तै जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ हजार कायम रहेको छ । ८३ हजार ५० करोड ८५ लाख २९ हजार निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १२ करोड ४८ लाख ९४ हजार ऋण प्रवाह गरेको छ । चालु आवमा निक्षेप संकलन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत कमी भएको हो । कर्जा प्रवाह करिब १ प्रतिशतले बृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस्