Logo

कृषि विकास बैंकको नाफामा कमी



काठमाडौं, १५ माघ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैकको नाफा गएको वर्षको सोहि अवधिको तुलनामा कमी आएको हो ।

गत वर्षको तुलनामा बैंकले अहिले २६ करोड वा १६.४४ प्रतिशत कम आम्दानी गरेको छ । यो ६ महिना पुस मसान्तभित्रमा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

ब्याज आम्दानी घटेपछि खुद नाफामा कमी आएको हो । हाल बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्