Logo

अख्तियारसहित संवैधानिक निकायमा सिफारिश नामहरुको आउँदो हप्ता स्वतः नियुक्ति



काठमाडौं, १५ माघ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित संवैधानिक निकायमा नियुक्तिको सिफारिश संसदीय सुनुवाईमा पेश गरेको आज ३९ दिन पूरा हुँदैछ । अध्यादेद्वारा संवैधानिक परिषद्को बैठक र निर्णयसम्बन्धी ऐन संशोधन गरी ३० मंसिरमा बसेको परिषद् बैठकले अख्तियारसहित ४५ रिक्त पदमा नियुक्ति गरेको थियो । जसमध्ये केही नामहरु अझै गोप्य राखिएका छन् ।

रिक्त पदलाई संसदीय सुनुवाईका लागि ५ पौषमा दर्ता गरिएको थियो । प्रतिनिधि सभा विघटनपूर्व सरकारले सुनुवाईका लागि नाम पेश गरेपछि सोही दिनको गणना अनुसार २१ माघमा ४५ दिन पूरा हुँदैछ ।

संवैधानिक परिषद्सम्बन्धी नियमावलीले सुनुवाईका लागि प्राप्त नामावलीमाथि प्राप्त भएको मितिले ४५ दिनभित्र सुनुवाई गरी प्रस्तावित पदका लागि समितिको राय तयारी गरी सम्बन्धी निकायमा पठाउनुपर्ने भनिएको छ । नियमावलीमा भनिएको छ,‘उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन ।’

नियमावली अनुसार संवैधानिक सुनुवाईका लािग पठाइएको ४५ दिन पूरा भएपछि सिफारिश भएका नामहरु स्वत नियुक्त हुनेछन् ।

अब अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई आयुक्तहरुमा पूर्व एआइजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश किशोरकुमार सिलवाल स्वत नियुक्त हुनेछन् ।

यसैगरी राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर, सदस्यहरुमा मनोज दुवाडी, डा. सुर्य ढुंगेल, लिली बस्नेत थापा र मिहिर ठाकुर सिफारिश भई सुनुवाईका लागि पठाइएका छन् ।

निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी, डा. जानकी तुलाधरको नाम सिफारिश भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिश भएका छन् ।

त्यस्तै, राष्ट्रिय मानवअधिकार आयोग अध्यक्षमा तपबहादुर मगरलाई सिफारिस गरेको छ। मगर सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। आयोग सदस्यमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिहिर ठाकुर सिफारिस भएका छन्।

त्यसैगरी निर्वाचन आयोगका सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरको नाम सिफारिस भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस भएका छन्।

मधेशी आयोग सदस्यमा जीवक्ष साह, रेणुदेवी साह, विजय गुप्ता सिफारिस भएका छन्। थारू आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरी, मुस्लिम आयोगमा महमुद्दिम अली र मिर्जाअर्सद बेग सिफारिस भएका छन् ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने व्यवस्था छ । परिषद्मा बैठक र नियुक्तिका लागि गरिएको व्यवस्थामा संशोधन गर्न अध्यादेशद्वारा हाल रहेको परिषद्को अध्क्षसहित सदस्यको बहुमत सहभागी बैठकबाट बहुमतले निर्णय गर्ने व्यवस्था गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्