Logo

एनएमबि बैंकको दोस्रो त्रैमाससम्मको नाफा ४७.६९ प्रतिशत



काठमाडौं, १५ माघ । एनएमबि बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । विवरण अनुसार बैंकको नाफा दोस्रो त्रैमाससम्ममा बढेको हो । चालु आवमा बैंकले १ अर्ब ६१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षमा सोही अवधिमा १ अर्ब ९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ४७.६९ प्रतिशत बढी हो ।

बैंकको विरतण गर्न योग्य नाफा १ अर्ब ५० करोड रुपैयाँ रहेको विवरणमा उल्लेख गरिएको छ । त्यस्तैगरी, बैंकको प्रतिशेयर आम्दानी पनि ६ रुपैयाँ ६७ पैसाबाट बृद्धि भई २२ रुपैयाँ ३४ पैसा पुगेको छ ।

सार्वजनिक भएको विवरण अनुसार १ खर्ब ४२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३७ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । यसबाट बैंकले २ अर्ब ८६ करोड ९४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । संचालन मुनाफा २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, बैंकको निक्षेप ८ प्रतिशत बढेको छ भने कर्जा लगानी १८ प्रतिशतले बृद्धि भएको हो । हाल बैंकको १४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ चुक्ताप्ुँजी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्