Logo

ब्याज आम्दानी घटेपनि हिमालयन बैंकले गर्यो ६५ करोड ३२ लाख मुनाफा



काठमाडौं, १५ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको गत वर्षको सोहि अवधिको तुलनामा ६२.५० प्रतिशतले खुद नाफा घटेको हो ।

बैंकले गरेको दोस्रो त्रैमासिक विवरण अनुसार चालु आवको ६५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन छ । यो गत वर्षको तुलनामा १ अर्ब भन्दा धेरैले कम हो । अघिल्लो आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको ब्याज आम्दानी र संचालन आम्दानीमा गिरावट आएकोले समग्र नाफामा असर परेको हो । ब्याज आम्दानी गएको वर्षको सोही अवधिमा २ अर्ब ५७ करोड रुपैयाँमा कमी आई १ अर्ब ७५ करोड रुपैयाँमा संकुचित भएको छ । बैंकको संचालन नाफा चालु आवमा १ करोड ९३ लाख रुपैयाँ भएको छ । गत वर्ष सोही अवधिमा ७ करोड ७२ लाख रुपैयाँ नाफा भएको थियो ।

बैंकले कर्मचारी खर्च पनि कटौति गरेको छ । गत वर्ष ८८ करोड रुपैयाँ खर्च भएको चालु आवमा भने ७४ करोड रुपैयाँमा झारेको छ । त्यसैगरी, अन्य संचालन आम्दानी पनि ७ लाख रुपैयाँले कम गरेको छ ।

बैंकले कर्जा लगानी १ खर्ब १ अर्ब रुपैयाँबाट १ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्ब रुपैयाँबाट बृद्धि भई १ खर्ब २९ अर्ब रुपैयाँमा पुगेको विवरणमा उल्लेख छ ।

चुक्तापुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको यो बैंकको ५ अर्ब ९८ करोड रुपैयाँ जगेडा कोषमा रहेको छ । कोरोना भाइरस महामारीको कारण बैंकको खराब कर्जामा चालु आवमा २.१३ प्रतिशतले गत वर्षको तुलनामा बृद्धि भएको छ ।

बैंकको नाफामा कमि आएसँगै शेयरमा पनि असर पुगेको छ । प्रतिशेयर आम्दानी ४० रुपैयाँ ९० पैसाबाट घटेर १२ रुपैयाँ २३ पैसामा झरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्