Logo

गुप्तचरको हत्या गर्ने यी युवक



काठमाडौं, १५ माघ । २ माघ को विहानै राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रविण थापा मगर मृत फेला परे । २७ वर्षीय मगरको बाँकेको नेपालगञ्जस्थित खेतबारीमा शव फेला परेको थियो ।

गुप्तचर निकायमा जागिरे मगरको टाउको तथा अनुहारमा गम्भीर चोट लागेको थियो । प्रहरीले उनको हत्या भएको पत्ता लगाएपछि अभियुक्तको खोजी गर्यो ।

प्रविणको हत्या गरी फरार १८ वर्षीय बिवेक परियार भक्तपुरको चाँगुनारायणस्थित ताथली पुगेका थिए । उनको लोकेशन पत्ता लगाएर केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राऊ गर्यो । १५ माघमा उनलाई पक्राऊ गरी बाँके पठाउने जानकारी सीआइबीकी प्रवक्ता गंगा पन्तले जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्