Logo

भक्तजनको सुविधाको लागि पाण्डेद्धारा पशुपतिनाथमा स्ट्याण्ड सहित स्यानिटाईजर प्रदान



काठमाडौं, १५ माघ । लोमस फर्मास्युटिकल्स प्रा.ली.ले आज पशुपतिनाथ मन्दिर परिसरमा स्यानिटाईजर र स्यानिटाईजर–स्ट्याण्ड प्रदान गरेकोछ । लोमसका प्रा. ली. का ह्याण्ड एक्स स्यानिटाईजर विभागका निर्देशक प्रणवजंग पाण्डेले उक्त सामाग्री आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन् । ती स्ट्याण्डसहितका स्यानिटाईजर पशुपति मन्दिर परिसरको सुरक्षा व्यवस्थामा खटिएको सशस्त्र प्रहरी बलले व्यवस्थापन गर्ने बताईएको छ ।

कोरोनाको कारण बन्द रहेको पशुपतिनाथ मन्दिर लामो समयपछि आवश्यक स्वास्थ्य–सुरक्षाका मापदण्ड अपनाएर खोलिएको छ । भक्तजनहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आफूहरुले खुट्टाले थिच्दा स्यानिटाईजर उपयोग गर्न मिल्नेगरिको उपकरणसहित आज स्यानिटाईर प्रदान गरेको पाण्डेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

लोमस फर्मास्युटिकल्स प्रा. ली. ले यसअघि पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य–सूरक्षा सामाग्री प्रदान गरेको छ । पाण्डेले कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई उक्त सामाग्री प्रदान गरेका थिए । कोभिड–१९ को जोखिम कायमै रहेकोले र पाशुपत क्षेत्रमा भीडभाड हुने भएकोले आफूहरुले स्यानिटाईजर प्रदान गरेको पाण्डेले जानकारी दिए ।

Related News:

लोमस फर्मास्युटिकल्सद्धारा पशुपति क्षेत्र विकास कोषलाई स्वास्थ्य-सूरक्षा सामग्री प्रदान



प्रतिक्रिया दिनुहोस्