Logo

सरकार ढाल्न प्रचण्डलाई उकास्नेहरू माधव, झलनाथ र वामदेव नै हुन् : प्रधानमन्त्री ओली



काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पहिलो पटक प्रधानमन्त्री हुँदा सरकार ढाल्नको लागि पुष्पकमल दाहाललाई उकास्ने काम आफ्नै पार्टीका नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल र वामदेव गौतमले गरेको खुलासा गरेका छन् । बिहीबार प्रज्ञाभवनमा जिफन्टद्वारा आयोजित राष्ट्रिय भेलालाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रतिनिधिसभामा उहाँहरुले अहिले स्थायित्वको कुरा गर्दै हुनुहुन्छ, आफ्नो लगभग लगभग दुई तिहाईको सरकार, त्यो नढालि नहुने, नतोडि नहुने, अघिल्लापल्ट मेरो नेतृत्वको सरकार ढाल्ने मान्छेहरु को को हुन ? तपाई हामी सबैलाई थाहा छैन र ? पुष्पकमल दाहाल, उनी त अर्कै पार्टीमा थिए, तर पनि उनी हुन एकजना, तीनलाई उकासेर नढाली हुँदैन् भनेर भन्ने मान्छे माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम उहाँहरु नै हो । उहाँहरुले प्रचण्डलाई ढाल्नैपर्छ यो सरकार भनेर उकासेको हो । यीनै मान्छे हुन् । फेरि अर्कोपल्ट चुनावबाट हामी आयौं । फेरि पनि काम गर्न दिएनन् । तपाईहरुले अहिले मैले नाम लिएका मान्छेहरुले सरकारको पक्षमा बोलेको कहीँ सुन्नुभयो ? कहिल्यै बोल्नुभएन् ।’

तस्विर : राजन काफ्ले/प्रम सचिवालय 



प्रतिक्रिया दिनुहोस्