Logo

निर्वाचन आयोगमा पुग्यो दाहाल–नेपाल पक्ष, अध्यक्ष बाहिर भएकोले छलफल सार्न आग्रह



काठमाडौं, १६ माघ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आयोगमा उक्त समूहका नेताहरु राजेन्द्र पाण्डे र लिलामणि पोखरेल पुगेका थिए । उनीहरुले आयोगले गर्ने भनेको छलफल केही दिन पर सार्न आग्रह गरेका थिए ।

पाण्डेले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल काठमाडौं बाहिर भएकोले छलफल माघ १८ गतेपछि नै राख्न आग्रह गरिएको छ । आयोगले हिजोमात्रै नेकपा ओली पक्ष र दाहाल–नेपाल पक्षलाई छलफलको लागि पत्राचार गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्