Logo

दाहाल–नेपालनिकट अनेरास्ववियुले अब मन्त्रीहरुको गाडी चल्न नदिने (कार्यक्रमसहित)



काठमाडौं, १६ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । आज पत्रकार सम्मेलनमाफर्त तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिएको हो । घोषित कार्यक्रमअनुसार मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार, सरकारी नम्बर प्लेटका गाडीहरु चल्न नदिनेदेखि स्थानीय तह र प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेका छन् । त्यस्तै कालो झण्डा, चक्का जाम, विविभन्न पक्षहरुसँग छलफल लगायतका कार्यक्रमहरु पनि तय गरेको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्