Logo

ओली पक्ष पनि आयोग पुग्यो, नेम्वाङले भने–हाम्रो प्राथमिकता निर्वाचन हो, हामी तयारी अवस्थामा छौं



काठमाडौं, १६ माघ । निर्वाचन आयोगले छलफलको लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्ष र दाहाल–नेपाल पक्षलाई बोलाएपछि दुवै पक्ष आयोगको कार्यालय पुगेका छन् । तर, दुवै समूह छुट्टाछुट्टै समयमा आयोगको कार्यालय पुगेका हुन् । सुरुमा दाहाल–नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे र लिलामणि पोखरेल पुगेका थिए ।

उनीहरुले आफ्ना अध्यक्षहरु उपत्यका बाहिर भएकोले र माघ १८ गते यता काठमाडौं नआउने भएकोले त्यसपछिमात्रै छलफलको लागि समय माग गरेका थिए । यता, प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेताहरू भने सुवासचन्द्र नेम्वाङको नेतृत्वमा आयोगको कार्यालय पुेका थिए । नेता नेम्वाङले आफूहरु चुनावको लागि तयारी अवस्थामा रहेको स्पष्ट पारेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्