Logo

कोरोनाका कारण पुरुषको शुक्राणुमा असर पर्ने



एजेन्सी, १६ माघ । कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ । कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ।

अध्ययनमा भनिएको छ, ‘यो रिपोर्ट पहिलो प्रत्यक्ष प्रमाण दिन्छ कि कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।’

कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको हो ।

त्यसबीचमा कोभिड–१९ बाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

शुक्राणु की एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको पाइएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्