Logo

यस्तो छ काठमाण्डौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको पछिल्लो प्रगति विवरण (फोटोफिचर)



काठमाडौं, १६ माघ । नेपाली सेनाले राष्ट्रको विकास र समृद्धिको लागि कोशेढुङ्गा सावित हुने राष्ट्रिय गौरवको काठमाण्डौ–तराई र मधेश द्रुतमार्ग सडक आयोजना पारदर्शी एवं गुणस्तरीय रुपमा कार्य अगाडी बढाएको छ । लक्षित समयमै सम्पन्न गर्ने गरी समष्टिगत कार्य योजना अनुसार हालको विश्वव्यापी कोरोना महामारी लगायत विभिन्न चुनौतीको बाबजुद आयोजना निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाएको हो ।

 

नेपाली सेनाको व्यवस्थापनमा एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको यस आयोजनाले विभिन्न व्यवधानहरुको सामना गर्दै अगाडी बढेको छ जसबाट निर्धारित समयसीमा भित्र निर्माण सम्पन्न हुने सम्भावनामा गुणात्मक वृद्धि भएको छ । ७२.५ कि.मी. लामो यो आयोजना बागमती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर(काठमाण्डौं(मकवानपुर(बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ । लामो समयसम्म म्एच् उपलब्ध नहुनु र उपलब्ध भइसके पछी पनि स्वीकृती हुन नसक्नु तथा अन्तर्राष्ट्रिय परामर्शदाताको छनौटमा हुन गएको ढिलाई तथा कोभिड(१९ का कारण आशातित् गतिमा अघि बढ्न नसकेको यो आयोजनाले अब अन्तराष्ट्रिय परामर्शदाता र सम्बद्ध टिमको आगमन एवं जटील पाटोको रुपमा रहेको सुरुङ्ग मार्गको लागि कम्पनिहरुको क्जयचतष्कितष्लन तथा मुल्याङ्कन कार्य सम्पन्न भइ निर्माण कार्यले गति लिएको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार यो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएकोमा नेपाल सरकारको मिति द्दण्ठट भदौ ज्ञ गतेको निर्णयबाट परियोजना म्एच् स्वीकृत भएको हो । म्एच् अनुसार अनुमानित लागत रु.ज्ञठछ अर्ब रहेको यस द्रुतमार्ग आयोजनाको निर्माण कार्य आ.ब.ण्डण्र८१ मा सम्पन्न गर्ने लक्ष्य राखी तदारुकताकासाथ निर्माण कार्य भइरहेको छ ।

यस आयोजनाको समष्टिगत कार्य विवरण अनुसार हाल छैठौ चरणमा चलिरहेको छ । गत आ.ब. को वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत रहेको छ भने वित्तिय तर्फ ९.५२ प्रतिशत रहेको छ । यस आयोजनाको वित्तीय प्रगति विवरण अनुसार हालसम्मको कुल वित्तिय खर्च १७ अर्व ८३ करोड (२०७७ पौष मसान्तसम्म) रहेको छ ।



प्रतिक्रिया दिनुहोस्