Logo

एप्पलद्वारा नेपाली अन्वेषक पंकज ठाकुर र लक्ष्मी ठाकुर सम्मानित



काठमाडौँ, १६ माघ। नेपाली सुरक्षा अन्वेषक पंकज ठाकुरलाई विश्व प्रसिद्ध टेक कम्पनी एप्पलले साढे ११ लाखबाट सम्मानित गरेको छ। एप्पलको आईक्लाउडको सुरक्षा मुद्दा तथा बगलाई पत्ता लगाउन सफल भएको कारण उनलाई उक्त रकमबाट कम्पनीले सम्मानित गरेको हो।

२२ वर्षीय पंकजले आईक्लाउडमा फोटो अपलोड गर्दा एपीआई तथा टोकन नहुने भएकोले सम्पूर्ण विवरण सार्वजनिक रुपमा जाेकसैले पहुँच गर्न सकिने बग पत्ता लगाएका हुन् । उनले पत्ता लगाएको साे बगलाई कम्पनीले पाँच दिनअघि पहिचान गरेको हो । र, हाल याे बग प्याच (समाधान) भइसकेकाे जानकारी कम्पनीले दिएकाे छ । पंकज र उनकी सहकर्मी लक्ष्मी ठाकुरले एप्पलको आरसीई अर्थात् ‘रिमोड कोड एक्जिक्युसन भल्नरेबिलिटी’ समेत पत्ता लगाएका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot