Logo

मेयर शाक्यले गगन थापालाई पठाए पत्र



काठमाडौं, १६ माघ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापालाई पत्राचार गरेर कमलपोखरीको विकास र सुधारमा तपाईँबाट के कस्तो काम भएको हो भनेर विवरण पठाएर सहयोग गरिदिन आग्रह गरेका छन् । थापाले यसअघि कमलपोखरीको सम्बन्धमा मेयर शाक्यलाई सम्बोधन गरेर पत्र पठाएका थिए । थापाको पत्र प्राप्त भएको भन्दै मेयर शाक्यले थापाको पहलमा के÷कस्तो काम भएको थियो ? त्यसको विवरण उपलब्ध गराउन अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्