Logo

हिमालयन डिष्टिलरीको लाभांश शेयरधनीको बैक खातामा जम्मा गर्न सुरु



काठमाडौं, १६ माघ । हिमालयन डिष्टिलरी लिमिटेडले शेयरधनीको बैंक खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैंठकले पारित गरेको चुक्तापुँजीको ५० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो ।

शेयरप्रमाणपत्रहरु अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई बैंक खाता अपडेट गराउन र आफुसँग भएका शेयर प्रमाणपत्रहरु अभौतिकिकरण गराएपश्चात कम्पनीले सम्बन्धित शेयरधनकिो बैंक खातामा नगद लाभांश जम्मा गरिदिने जानकारी दिएको छ ।

यसको साथै कम्पनीले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेको निक्षेप सदस्यमा सम्र्पक गरेर नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंकको तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गराउन पनि आग्रह गरेको छ ।

आफ्ना शेयरप्रमाणपत्रलाई कर्जामा राखेर धितो लिएको भएको हकमा बैंक तथा वित्तीय सस्थाबाट फुकुवा पत्र प्राप्तपछि मात्र लाभांश जम्मा गरिदिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्