Logo

गणतन्त्रको जिम्मा ओलीलाई दिनु घातक, बाँदरलाई मकैबारीको जिम्मा दिनुजस्तै : प्रदीप पौडेल



काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रको जिम्मा दिनु घातक भएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटनविरुद्धको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ओलीलाई गणतन्त्रको जिम्मा दिनु बाँदरलाई मकैबारीको जिम्मा दिएजस्तै भएको बताए । उनले भने,‘नेपालमा समृद्धि नआउनुको मुख्य कारक केपी ओली हो, केपी ओलीले रेल ल्याउने कुरा कसले छेक्यो, पानीजहाजमा झण्डा फहराउन कसले छेक्यो, घर–घरमा ग्यास पु¥याउन कसले रोक्यो ?’ Photo By: Mukunda Kalikote/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्