Logo

न्युज एजेन्सी नेपाल बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मानबाट सम्मानित



काठमाडौं, १६ माघ । नेपालको पहिलो न्युज एजेन्सी नेपाल न्युज एजेन्सी बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मानबाट सम्मानित भएको छ । एजेन्सीलाई कोभिड संक्रमणको जोखिमका बेला स्वास्थ्य लगायत क्षेत्रका समाचार संकलन र प्रवाह गरे वापत सम्मान गरिएको हो । पुरस्कारको राशी ५० हजार १ रुपैयाँ रहेको छ ।

बारबराफाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्तितथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ । शुक्रबारकाठमाण्डौमा विशेष कार्यक्रम गरी कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी,पत्रकार र संस्थागत गरि १९ जनालाई सम्मान प्रदान गरेको हो ।

पत्रकारहरु फातिमा बानु, बर्षा शाह र सागर बुढाथोकीलाई पत्रकारितातर्फ कोभिड-१९ विशिष्ट पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही ५० हजार १ रुपैयाँ रहेको छ । त्यसैगरी त्रिवि शिक्षणअस्पताल महाराजगञ्जमा कार्यरत प्राध्यापक डाक्टर सुबास प्रसाद आचार्यलाई १ लाख १ रुपैयाँसहित सम्मान गरिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डाक्टर अनुप बास्तोला, कोशी अस्पताल विराटनगरमा कार्यरत डाक्टर डेन प्रसाद आचार्यलाई जनही ६० हजार १ रुपैयाँसहित सम्मान गरिएको छ ।

नर्सिङ तर्फ बीरअस्पतालमा कार्यरत नर्स ज्योति हमाल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा कार्यरत स्टाफ नर्स सपना रावल, सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत भगवती बडाल र नारायणी अस्पतालवीरगञ्जमा कार्यरत नर्स श्रुती साहलाई सम्मान गरिएको छ । यस पुरस्कारको राशी जनही५० हजार १ रुपैयाँ रहेको छ । स्वास्थ्य सहयोगीकर्मचारी तर्फ भेरी अस्पतालकी सुशीला भण्डारी,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रमेश काफ्लेलाई जनही ५० हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ ।

आरएनए १६ स्वयंसेवी समूह भक्तपुरलाई भने ६०हजार १ रुपैयाँ सहित सम्मान गरिएको छ । संस्थागत तर्फपाटन अस्पताल, ललितपुर, सामुदायिक प्राकृतिक चिकित्सालय नवलपुर, नेपाली सेना, सशस्त्रप्रहरी बल नेपाल र नेपाल प्रहरीलाई बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मानबाटसम्मानित गरिएको छ । कार्यक्रमका प्रमुखअतिथिहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबै व्यक्तित्वलाई सम्मान गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष सन्दुक रुइतले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनिशुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैकोसम्मानको रुपमा बुझिदिन अनुरोध गरे । कोभिडमा उच्चयोगदान पुर्याएका व्यक्ति छनौटका लागि फाउन्डेसनले पत्रकारितातर्फ र स्वास्थ्य क्षेत्रतर्फका दुईवटा छुट्टा छुट्टै निर्णायक समिति गठन गरेको थियो ।

पत्रकारितातर्फ वरिष्ठपत्रकारहरु युवराज घिमिरे, सुधीर शर्मा, टिकाराम यात्री र स्वास्थ्य क्षेत्र तर्फ डाक्टर भगवानकोइराला, डाक्टर लोचन कार्की, प्राध्यापक गोमादेवी निरौला र लक्ष्मी तामाङ निर्णायकसमितिमा रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्