Logo

नेपाल सिध्याउने खेल भयो, यो योजनाबद्ध र डिजाईन हो : डा. सुरेन्द्र केसी (भडिओसहित)



काठमाडौं, १७ माघ । राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले अहिले देशमा शहीदहरुलाई सम्मान नगरिएको बरु उल्टै अवमूल्यन भैरहेको टिप्पणी गरेका छन् । नेपालमा राजनीतिलाई व्यवसाय बनाएको पनि उनको आरोप छ । डा. केसीले संसद विघटनपछिको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै नेपाललाई अस्थिरताको बीचबाटै सिध्याउने खेल भैरहेको दाबी गरे । उनले आफ्नै दलको सरकार ढाल्न आफ्नै दलका नेताहरु लाग्नु बिडम्बना भएको पनि जिकिर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय प्रधानमन्त्री भैरहनको लागि नै प्रतिनिधिसभा विघटन गरेको हुनसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्