Logo

धनगढीमा प्रचण्डलाई भीम रावलको न्यानो स्वागत, नेपाल पनि पुगे



काठमाडौं, १७ माघ । विरोध सभालाई सम्बोधन गर्न आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल धनगढी पुगिसकेका छन् । अध्यक्षद्धय दाहाल र नेपाललाई उक्त समूहका प्रदेश ईन्चार्ज डा. भीम बहादुर रावलले विमानस्थलमा न्यानो स्वागत गरेका थिए ।

विरोधसभा भने धनगढीको खुलामञ्चमा हुने भएको छ । नेताहरुले उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । हिजोमात्रै उक्त समूहले विराटनगरमा भव्य सभाको आयोजना गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्