Logo

ओलीले गरेको शिलान्यास बहिष्कार गरेर रेणु दाहाल अर्को शिलान्यासमा



काठमाडौं, १७ माघ । चितवनमा आज ठुला र साना दुवैथरी विकास निर्माणको शिलान्यास भएको छ । दुवै शिलान्यास विवादमुक्त भएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा सिटी हल निर्माण र महेन्द्र राजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने योजनाको शिलान्यास गरे । कडा सुरक्षाबीच भएको शिलान्यासमा भरतपुर महानगरपालिकाले बहिष्कार गरेको छ । मेयर रेणु दाहाल शिलान्यासमा अनुपस्थित भइन् । उनी विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वागतमा पनि पुगिनन् ।

ओलीले सिटी हल र सडक शिलान्यास गरिरहँदा रेणु दाहाल भरतपुर महानगरपालिकाकै अमर माध्यमिक विद्यालयको ६६ औं वार्षिकोत्वसमा सहभागी हुन पुगिन् । उनले त्यहाँ ४ कोठे भवन निर्माणको शिलान्यास गरिन् ।

दाहालले विभिन्न आधारभूत विद्यालयहरुका ५ सय ६० विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा समेत वितरण गरिन् । रेणु दाहालले ओलीले गरेको शिलान्यासमा आपत्ती जनाइसकेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्