Logo

सोसल युथ लिडर अवार्ड–२०२१ को तयारी पूरा, भोलिदेखि आवदेन खुल्ला (भिडिओ)



काठमाडौं, १७ माघ । युथ लिड ईभेन्ट प्रालीले सोसल युथ लिडर अवार्ड (एस.वाई.एल.ए)–२०२१ तेस्रो वर्ष आयोजना गर्ने भएको छ । त्यसको तयारी सम्पूर्ण रुपमा पूरा भएको र उक्त कार्यक्रममा १६ वर्षदेखि २२ वर्षका विद्यार्थी तथा युवा पुस्ताले सहभागिता जनाउन पाईने आयोजकले जनाएको छ ।  आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै श्रवणकुमार घिमिरले यस्तो जानकारी दिएका हुन् । घिमिरले उक्त कार्यक्रमको आयोजना गर्नुको मूल उद्देश्य भनेको युवा तथा विद्यार्थी शसक्तिकरण, प्रतिभा प्रस्तुति र आधारभूत कौशल विकासको लागि भएको सुनाए । त्यस्तै, समाजमा स्थापित विषयवस्तुहरु केही युवा तथा विद्यार्थी माँझमा पुर्याई सामाजिक जिम्मेवारीवोध गराउनु कार्यक्रमको पहिलो उद्देश्य भएको पनि उनले स्पष्ट पारे ।

उनको नाममा जारी विज्ञप्तीमा भनिएको छ–‘सोसल युथ लिडर अवार्ड पश्चिम नेपालबाट २०१९ मा सुरुवात भएको हो । नेपालगञ्ज, खजुरा हुँदै कोहलपुरमा २०१९ र २०२० मा सुर्खेतमा एसवाईएलए २०२० सम्पन्न भएको हो । करिब २०० सहभागी सँगको अनुभव र अहिलेको आवश्यकत्तलाई बुझेर एसवाईएलए २०२१ तेस्रो वर्ष युथ लिड ईभेन्ट प्रालीद्धारा आयोजना हुँदैछ । यो सिलसिलासँगै विभिन्न जिल्लामा हुने प्रक्रिया पनि जारी रहेको छ । युथ लिड इभेन्ट विगत ७ वर्षदेखि ईभेन्ट तथा अन्य सामाजिक क्षेत्रमा लाग्ने युवाहरुको समूहले सञ्चालन गर्दै आईरहेको छ । यस कम्पनीको मूल उद्देश्य समाज र व्यक्तित्व विकाससँग सम्बन्धि कार्यक्रमहरु प्रस्तुत गर्नु हो । र एसवाईएलए २०२१ काठमाडौं एक तालिम तथा अवार्ड हो । जहाँ १६ देखि २२ वर्षकाविद्यार्थी तथा युवाले सहभागिता जनाउन पाउनछेन् ।’

विज्ञप्तीमा थप भनिएको छ–‘युवा तथा विद्यार्थी शसक्तिकरण, प्रतिभा प्रस्तुति र आधारभूत कौशल विकासको लागि यो कार्यक्रम आयोजना गरिँदैछ । समाजमा स्थापित विषय वस्तुहरु केही युवा तथा विद्यार्थी माझमा पुयाई सामाजिक जिम्मेवारीवोध गराउनु कार्यक्रमको पहिलो उद्देश्य हो । सहभागीहरुलाई आउने दिनमा अघि बढ्न सहकजकर्ताको भूमिका निभाउन हामीले सधँै प्रयत्न गर्दै आईरहेका छौं । विगत ७ वर्षदेखि सामाजिक तथा सशक्तिकरणको विषयमा काम गर्दैगर्दा आजको आवश्यकत्ततानुसार कार्यक्रम हामीले परिचय गराउँदैछौं ।’

सोसल युथ लिडर अवार्ड–२०२१ मा काठमाडौं उपत्यकामा रहेका विद्यार्थी तथा युवालाई लक्षित गरिएको पनि आयोजकले जनाएको छ । सहभागिताहरुलाई विभिन्न आकर्षणहरू दिलाउन र सहभागीहरुको भविष्यको लागि सहजकर्ता संस्थाहरुसँग आवद्ध भएको पनि घिमिरले जानकारी दिए ।

उनकाअनुसार त्यसको लागि भोलि माघ १८ गते (आईतबार) देखि सहभागी आवेदन दर्ता खुलाईनेछ । आवदेन भर्नको लागि २५० रुपैयाँ र तालिम शुल्क तीन हजार लाग्नेछ । कार्यक्रममा २५ जना सहभागिता गरिनेछ । विभिन्न विषयलाई मध्येनजर गरेर तालिमपश्चात् विजेताहरु घोषणा गरिनेछ । र, विजेताहरको लागि विभिन्न आकर्षण र पुरस्कार रहेको छ । थप जानकारीको लागि : ९८०१०७८५७८



प्रतिक्रिया दिनुहोस्