Logo

मदनकृष्णदेखि नायिका नीता ढुंगानासमेतलाई गुर्जोको चिया सेवन गराईयो (फोटोफिचर)



काठमाडौं, १७ माघ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज (शनिबार) काठमाडौंको बसुन्धारामा आयोजित चक्रपथ सरसफाई अभियान र तीनकुनेमा आयोजित बागमती सफाई अभियानमा सरिक भएकाहरुलाई गुर्जोको चिया सेवन गराएका छन् ।  उनकाअनुसार चक्रपथ सरसफाईमा सहभागी करिब चार सय जनालाई र बाग्मती सफाई अभियानमा सहभागी करिब एक सय जनालाई गुर्जोको चिया सेवन गराईएको हो । उक्त अवसरमा बरिष्ठ कलाबार मदनकृष्ण श्रेष्ठ, लोक गायक बद्री पंगेनी, गायिका मञ्जु पौडेल, नायिका नीता ढुंगानालगायतले गुर्जोको नियमित सेवन गर्दा फाईदा हुने भनाई राखेका थिए ।

राजलवटले सिन्धुपाल्चोकका मेलम्ची, चौतरा, बाह«विसे लगायतका स्थानहरूमा करदाता शिक्षा तथा अन्तरकरिया कार्यकक्रमलाई सदूपयोग गर्दै गुर्जोको उपयोगिताबारे प्रकाश पारेका थिए ।  आज विहान अभियन्ता लोक बहादुर टन्डनको अध्यक्षतामा सम्पन्न भएको चक्रपथ सरसफाईको २००औं सप्ताहव्यापी कार्यक्रममा उपस्थित करिव ४०० जनालाई गुर्जाेको चिया खुवाउदै गुर्जाे चिया प्याकेट पनि बितरण गरिएको उनले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले हामीसँग भने–‘प्रमुख आकर्षकको रूपमा रहेका कमेडी किङ्ग मदनकृष्ण श्रेष्ठज्यू समेतलाई उक्त चिया सेवन गराईयो । उहाँलाई यसअघि पनि गुर्जाेको बेर्नाहरू हस्तान्तरण गरिसकेको छु । त्यतिमात्र होईन, आजको रक्तदान कार्यक्रममा रक्तदान पनि गरियो । यसअघि करिव २९ भन्दा बढि पटक रक्तदान गरिसकेको छ ।’

यसैगरि, आन्तरिक राजस्व कार्यालय धुलिखेलको कार्यक्षेत्रभित्र पर्ने सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, चौतरा, बाह्रविसे लगायतका स्थानहरूमा कर सम्बन्धी अनभिज्ञता हटाई राजस्वमा वृद्वि ल्याउन करदाताहरूलाई गुर्जाेको चिया खुवाउदै चियाको प्याकेट बितरणसहित करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्