Logo

सुरुमै खोप लगाउन पाउँदाको खुसी



काठमाडौं, माघ १८ । कोरोना भाइरसको महामारी सुरु भएको ठीक एक वर्षपछि नेपालमा कोरोनाविरुद्धको खोप सुरु गर्दा त्यसले खुसियाली छाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई बुधबारबाट खोप लगाउन प्रारम्भ गरिएको छ । बुधबार नौ हजार ८४ जना, बिहीबार २८ हजार ७३२ जना र शुक्रबार ४६ हजार १९७ जनाले खोप लगाएका छन् ।

कोरोनाको खोप यति छिटो नेपालमा सुरु होला भनेर कसैलाई पत्यार थिएन तर खोप सेवा प्रारम्भ भएपछि यसप्रतिको विश्वास बढेको छ । साथै खोप लगाउन पाएकोमा स्वास्थ्यकर्मी खुसी देखिएका छन् । विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सरसफाइकर्मी तथा एम्बुलेन्स चालकले यस महामारीबाट बच्ने अन्तिम उपाय भनेको नै खोप भएको प्रतिक्रिया दिएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्