Logo

श्री ५ को सरकार भनेकोमा मन्त्री थापाले मागे क्षमा



काठमाडौं, १८ माघ । खानेपानी तथा सरसफाईमन्त्री मणि थापाले शनिबार सुर्खेतमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधनको क्रममा आफूले नेपाल सरकार भन्नुपर्नेमा भुलबस श्री ५ को सरकार भनेको भनदै त्यसलाई तत्कालै सच्याएको स्पष्ट पारेका छन् । उनले सम्बोधनको क्रममा श्री ५ को सरकार भन्दा सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको थियो । त्यसको भोलिपल्ट आज उनले सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले यस्तो लेखेका छन्–‘ शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु । मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’ file photo



प्रतिक्रिया दिनुहोस्