Logo

अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने रिजालको ठोकुवा



माघ १८, बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री डा. मिनेन्द्र रिजालले सत्ता टिकाउन कै लागि निर्वाचन घोषण गरेको दावी गरेका छन् । रिपोटर्स क्लव लुम्बिनी प्रदेश कार्यालय बुटवलमा आइतवार भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्वाउनका लागि मिति घोषणा नगरेको दावी गरे । ‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन् । प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणको बहाना मात्रै हो ।’-उनले भने ।

‘नरहे बासँ नरहे बसुरी’को संज्ञा दिदै ओली सरकारले चुनाव गराउनै नसक्ने ठोकुवा गरे । उनले सवोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा आफू पूणर् विसोस्त रहेको बताए । नेता रजालले संविधानको मर्म अनुरुपको व्याख्या गर्ने विश्वास व्यक्त गरे । विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निणर्य लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे । उनले भने- ‘पंचायतकाल होस् या राजा ज्ञानेन्द्रको पाला होस अदालतले सही निणर्य गरेको छ । राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ । तसर्थ पुन स्थापना हुन्छ ।’

उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए छ । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दावी छ । संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ । लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ । रिपोर्टर्श क्लव नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको संचालनमा कार्यक्रम भएको थियो । यसैविच सौन्दर्य प्रतियोगिता, द नेक्सट फेस लुम्बिनीको उपाधी विजेता अभिषेक ढकाललाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्