Logo

सुरेन्द्र पाण्डेको दाबी : ‘यही माघ २३ गते नै ओलीले हिन्दूराष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ’



काठमाडौं, १८ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज प्रतिनिधिसभा विघटनविरुद्ध आज माईतीघर मण्डलामा धर्ना दिएको छ । धर्ना कार्यक्रममा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल पनि सहभागी थिए । उक्त कार्यक्रममा संक्षिप्त कुरा गर्दै उक्त समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २३ गते हिन्दू राष्ट्र घोषणा गर्न सक्ने आशंका व्यक्त गरेका छन् । सम्बोधनको क्रममा उनले भने, ‘यही माघ २३ गते नै ओलीले हिन्दू राष्ट्र घोषणा गर्छन भन्ने चर्चा चल्दैछ । ओलीले यो गर्न सक्छन्।’

यी नेताको भित्र भित्र गम्भीर तयारी

ओलीका कारण दाहाल–नेपाल फेरि सडकमा (फोटोफिचर)

पाण्डेले ओली पक्षको माघ २३ गतेको जनसभामा राजावादीहरू सहभागी हुने पनि दाबी गरे । उनले अघि भने,‘ओलीको कदमले दक्षिणपन्थी खुशी भएका छन्, उनीहरू ओलीजस्ता राजनेता कोही छैनन् भन्दै छन् । हिजो ऋषि देवकोटा आजादको हत्या गर्नेहरु नै ओलीको प्रशंसा गरिरहेका छन् । मैले सुनेको हुँ-२३ गतेको कार्यक्रममा राजावादीहरू पनि उर्दी जारी गरेर सहभागी हुँदैछन् ।’ Photo : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्