Logo

सलमान खानको फिल्म ‘टाइगर ३’ को सुटिङ मार्चबाट सुरु



एजेन्सी, १८ माघ । बलिउड सुपरस्टार सलमान खान हाल आफ्नै फिल्ममा व्यस्त छन् । उनले भर्खरै मात्र फिल्म ‘राधे यार मोस्ट वान्टेड भाई’ को शुटिङ पुरा गरेर फिल्म ‘अन्तिम’को काम सक्ने योजना बनाइरहेकका छन् ।

सलमानले टाइगर फ्रेन्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’ को शुटिङ मार्चबाट सुरु हुने भएको छ । समाचार अनुसार सलमान खान चाडैनै आयुष शर्माको फिल्म अन्तिमको शुटिङको काम सकाउने तयारीमा छन् । उक्त फिल्मको काम सकिएपछि उनी टाइगर ३ को शुटिङको लागि दुबई जाने भएका छन् । एक रिपोर्टअनुसार सलमान खान यहि वर्षको मार्चबाट टाइगर ३ को शुटिङ सुरु गर्नेछन् ।

सलमानले निर्देषक मनीष शर्मालाई मार्च महिनामा काम गर्ने मिति दिएका हुन् । सलमान दुबईमा जानु भन्दा पहिला मनीष शर्माले मुम्बईमा शुटिङ गर्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्