Logo

प्रवक्ता श्रेष्ठको दाबी : निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने भनेको त छैन् (भिडिओसहित)



काठमाडौं, १८ माघ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नेगरि आयोगले तयारी थालेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्वार्ताको सुरुवातमै पत्रकार धमलाले निर्वाचन आयोगले अब तोकिएको मितिमा निर्वाचन गराउन नसक्ने भयो, होईन ? भनेर प्रश्न सोधेका थिए । जवाफमा उनले भने–‘निर्वाचन गराउन नसक्ने भनेको त छैन् । सबै कार्यक्रमहरु प्रक्रियागत र चरणवद्ध रुपमा अघि बढेका छन् ।’

निर्वाचनको लागि महत्वपूर्ण कुरा मतदाता नामावाली अद्यावधिक गर्ने कार्य चलिरहेको पनि उनले सुनाए । निर्वाचनको लागि आवश्यक पर्ने बजेट पनि माग भएको पनि उनले सुनाए । सुरुको दिनदेखि नै आयोगले निर्वाचन गर्नेगरि तयारी गरेको पनि उनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नफुटेको पनि आयोगको निश्कर्ष रहेको उनले सुनाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम