Logo

मङ्गल ग्रहमा पाइने खनिज पृथ्वीमा भेटियो



वैज्ञानिकहरुले करिब एक माइलभन्दा बढी गहिराइमा अन्टार्कटिकाको बरफमा एक खनिज पत्ता लगाएका छन् । उक्त खनिज पृथ्वीमा विरलै भेटिन्छ तर मंगल ग्रहमा प्रशस्त मात्रामा पाइन्छ । साइन्स म्यागाजिनमा रिपोर्टमा यो खनिजको बारेमा उल्लेख छ ।

नासाका अनुसार खनिज पहेँलो र खैरो हुन्छ जसलाई जारोसाइट भनिन्छ । यो बन्न पानी र एसिड दुवैको आवश्यक पर्छ । खनिज मङ्गल ग्रहमा कडा पदार्थको रुपमा पाइन्छ । सन् २००४ मा रोभरले पहिलो पटक मङ्गल ग्रहमा जारोसाइट पत्ता लगाएको थियो । उक्त खनिज धेरै मार्सियन स्थानहरुमा परिणत भएको थियो । केहि सिद्धान्तका अनुसार, अरबौँ वर्ष पहिले ग्रहमा वरफ भएको बेला आवश्यक खनिजहरु आइरन, सल्फेट र पोटासियमसहितको धुलो त्यसभित्र फसेको हुनसक्छ ।

तर एसिडीक धुलो जारोसाइटमा परिणत हुन वरफलाई भिजको वातावरण आवश्यक पर्छ । यसरी धुलो र वरफ रासायनिक प्रतिक्रया भई खनिज बनेको वैज्ञानिकहरुले कहिल्यै देखेका थिएनन् । जारोसाइटका कणहरु अन्टार्कटिकाको बरफभित्र रहेको अनुसन्धानकर्ताहरुले रिपोर्ट गरेको जनवरी १९ मा नेचर कम्युनिकेसन पत्रिकामा प्रकाशित भएको थियो । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्