Logo

नङ किन फुल्छ



प्रायः हाम्रा नङहरु गुलाबी रगंका र फेदमा अर्धचन्द्राकार आकृती भएका हुन्छन् । कहिलेकाहीँ नङमा सेतो दागहरु देखा पर्छन । यस्तो दाग केहि समयको लागी मात्र देखिन्छ र नङको वृद्धीसँगै यो पनि बढ्छ । यसलाई डाक्टरी भाषामा ल्युकोनिशिया भनिन्छ ।

हामी भन्ने गर्छौ, “यदि नङमा सेतो दाग देखियो भने नयाँ कपडा लगाउन पाइन्छ ।” वास्तवमा यो शरीरमा रातो रक्तकोष, भिटामिन, म्यग्नेसियम, जीङ्क र क्याल्सियमको कमि भएमा देखा पर्छ । नङमा सेतो दाग देखिनु भनेको बितेको समयमा कतै चोट लागेको संकेत गर्नु पनि हो । कलेजो, मिर्गौला, मधुमेह, छालाका रोगहरु र एलर्जीका कारणले पनि नङमा सेतो दाग देखा पर्छ ।

फंगल संक्रमणका कारणले पनि नङमा सेतो दाग देखा पर्छ । केहि कस्मेटिक नङपालिस र नङपालिस हटाउने सामग्रीहरुको प्रयोगले नङमा सेतो दाग देखिन्छ । लामो समयसम्म औषधीको प्रयोग गर्नाले पनि नङमा सेतो दाग देखिन्छ । यसको नियन्त्रणका लागि स्वस्थ, सफा र ताजा पौष्टिक तत्वहरुको उपभोग गर्नुपर्छ र आफ्नो जीवनशैलीलाई स्वस्थ बनाउनुपर्छ । एजेन्सीको आधारमा

 



प्रतिक्रिया दिनुहोस्